• १३ साउन २०८१, आइतबार

आमाको सम्मानमा भवन निर्माणार्थ एक लाख सहयोग

blog

आमा पार्वती बुढा मगरको सम्झनामा एक लाख सहयोग गर्नुहुँदै मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष एवम् नेपाल मगर संघ तुलसीपुर नगर समितिका सल्लाहकार धनबहादुर बुढा मगर ।

तुलसीपुर, माघ ८ गते । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष एवम् नेपाल मगर सङ्घ तुलसीपुर नगर समितिका सल्लाहकार धनबहादुर बुढा मगरले आमा पार्वती बुढा मगरको सम्झनामा एक लाख सहयोग गर्नुभएको छ ।

बुढाले भवन निर्माण गर्न नेकपा (माओवादी केन्द्र) तुलसीपुर ५ नम्बर वडा कमिटीलाई पचास हजार र नेपाल मगर सङ्घ तुलसीपुर नगर समितिलाई पचास हजार आर्थिक सहयोग गर्नुभएको हो ।

जनयुद्धको क्रममा क्रान्ति आमा पार्वतीका छोरा समर, छोरी सपना र ज्वाइँ बिजोग सहिद हुनुभएको थियो । बुढा परिवार रुकुमपश्चिम् चौरजहारीबाट तुलसीपुरमा बसाइसराइ गरी आएको हो ।

क्रान्ति आमा पार्वती बुढा मगरको स्मृतिमा माओवादी केन्द्रले आयोजना गरेको  श्रद्धाञ्जली कार्यक्रममा छोरा धनबहादुरले सहयोग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू दामा शर्मा, ओमप्रकाश पुन र भीमकुमारी बुढा मगर, केन्द्रीय सल्लाहकार शेषुराम भण्डारी, प्रदेश सदस्यहरू पुनम सेर्पाइली र प्रेम वली, नेपाल मगर सङ्घ जिल्ला सल्लाहकार टोपबहादुर घर्ती र मगर नेपाल मगर सङ्घ तुलसीपुर नगर अध्यक्षले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

माओवादी केन्द्र तुलसीपुर नगर सदस्य एवम् ५ नम्बर वडा इन्चार्ज मीनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पार्टीका वडा अध्यक्ष वेदप्रसाद वलीले गर्नु भएको थियो ।