सयपत्री फूलको माला किन्नेको भीड (फोटो फिचर)
तिहार सुरु भएसँगै सयपत्री फूलको मालाकाे बिक्री सुरु भएको छ । कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री उल्लेख्य रहेको छ ।
विलीन हुँदै बुलौदीखोला, मुहानदेखि निकाससम्मै अतिक्रमण (फोटो फिचर)
पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती र फिर्केसँग अर्को खोला पनि छः बुलौदीखोला । पोखरा–१८ को धारा पानी जङ्गल, पोखरा–५ को ठूलीपोखरी (खुँडेपोखरी)सहित यो क्षेत्रका विभिन्न मूलबाट आएको पानी पोखरा–५ को मनकामना मन्दिरसम्म आई पुग्दा बुलौदीले खोलाको स्वरूप लिएको छ । फिर्के खोलाको खोलाको बहाव क्षेत्र पहिचान गरी त्यहाँको अतिक्रमण हटाउन पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको छ ।
मुक्तिनाथको सन्ध्याकालीन दृश्यमा मोहित पर्यटक (फोटोफिचर)
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको सन्ध्याकालीन दृश्य निकै रमणीय देखिएको छ । यो दृश्य आज शुक्रबारको हो । यहाँ सन्ध्याकालीन आरती आयोजना गरिन्छ ।
आज धनतेरस : सुनचाँदीका भाँडा किन्नेको भीड
आज कात्तिक द्वादशी, अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइ राख्ने प्रचलन रहेको छ ।
यस्तो छ भूकम्पपछि जाजरकोटको जनजीवन (फोटो फिचर)
कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पको केन्द्रबिन्दु हो, जाजरकोटको रामीडाँडा । त्यहाँ भूकम्प भएको आठ दिन भइसकेको छ ।
धन्वन्तरि मन्दिर र आयुर्वेद दिवस आज
काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि अर्थात् गौशालाबाट चाबहिलतिर जाँदा सडकको बायाँतर्फ जय बागेश्वरीको प्रसिद्ध मन्दिर छ। त्यही मन्दिरको उत्तरतर्फ रहेको लुँहिटी नामको ढुङ्गेधाराको दायाँपट्टि सडकको किनारैमा प्रस्तर निर्मित लघु आकारको शिखर शैलीको धन्वन्तरिको मन्दिर छ।
गज्जबको आनन्द पाइने टिपताला यात्रा ! (फोटो फिचर)
ताप्लेजुङको हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलासँग सिमाना जोडिएको टिपताला भञ्ज्याङसम्मको यात्रा गर्दा गज्जबको आनन्द पाइने छ ।
बजारमा बढ्न थाल्यो तिहारको चहलपहल (फोटो फिचर)
नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।
सशस्त्रले भूकम्प प्रभावित क्षेत्रमा पाँच वटा कन्टेनर पठायो
सशस्त्र प्रहरी बल नेपालले ‘डिजास्टर रिलिफ सिस्टम’ का पाँच वटा कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । गत शुक्रबार जाजरकोटको बारेकोट रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावित सोही जिल्ला र रुकुम पश्चिमका नागरिकको राहतका लागि कन्टेनर शनिबार सशस्त्र प्रहरीले पठाएको हो ।
नेपाल र ओमनबिचको खेल हेर्न प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुग्नुभएको छ ।
प्रधानमन्त्री चढेको हेलिकोप्टरबाट २५ घाइतेको उद्धार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट २५ जना घाइतेको उपचारका लागि उद्धार गरिएको छ ।
भूकम्पले जाजरकोट तहसनहस (फोटो फिचर)
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ । भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।
भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो (फोटो फिचर)
आउँदैगरेको तिहारलाई लक्षित गरेर तिहार फ्लोरा एक्सपो २०८० काठमाडौंको भृकटीमण्डपमा सञ्चालन भइरहेको छ। ‘तिहारको महोत्सव फूलको उत्सव’ भन्ने नारासाथ १४ गतेबाट सुरु भएको मेला कात्तिक १८ गते सम्म चल्नेछ।
बेलढुङ्गाबाट देखिएको हिमश्रृङ्खलाको रमणीय दृश्य (फोटो फिचर)
आँखै अगाडि चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरिपरि रमणीय डाँडापाखा अनि सुन्दर ग्रामीण वस्ती । यो हो बेनी नगरपालिका–३ र बागलुङको काठेखोला गाउँपालिका–३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा ।
तस्बिरमा एमालेको चियापान कार्यक्रम
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु सहभागी हुनुभएको छ ।
जावलाखेलमा फूल प्रदर्शनी (फोटो फिचर)
ललितपुरको जावलाखेलमा फूल प्रदर्शनी सुरू भएको छ । मङ्गलबारदेखि १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा सुरु भएको हो ।
तस्बिरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डको लुम्बिनी भ्रमण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । मङ्गलबार बुद्ध जन्मस्थल लुम्बिनी पुग्नुभएको प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस शान्ति दीप हुँदै मायादेवी मन्दिर पुग्नुभएको हो ।
महासचिव गुटेरेस माला र टोपीमा सजिँदा...(फोटो फिचर)
मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गर्नुभएको थियो ।
तातोपानी कुण्डमा स्नान गर्नेको भिड (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भीड बढेको हो ।
कहीँ नभएको जात्रा हाँडी गाउँमा (फोटो फिचर)
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा आज (आइतबार) निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।
पर्यटक लोभ्याउँदै बागलुङ पञ्चकोट (फोटो फिचर)
तल समथर सुन्दर फाँटहरू र ग्रामीण बस्तीको मनोरम दृश्य । धान पाकेर पहेलपुर भएपछि फाँटहरूको दृश्य निकै सुन्दर देखिएका छन् । आकाश खुलेपछि लहरै देखिने हिमशृङ्खला र यहाँ निर्माण भएका धार्मिक मठ मन्दिरहरूले बागलुङ पञ्च कोट पुग्ने पर्यटकलाई मनोरम अनुभूति दिलाउँछ ।
महासचिव गुटेर्रेसले संसद्मा सम्बोधन गर्नुहुने
काठमाडौँ, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आन्तरिक तयारी अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उहाँले आजदेखि बुधबारसम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको व्यवस्था गर्न सरकारले गरेको पत्राचार अनुसार सचिवालयले आन्तरिक तयारी थालेको हो । सचिवालयले बैठक कक्षको सजावटलगायतका काम अघि बढाएको छ । आइतबार पनि प्रतिनिधि सभाको बैठक डाकिएकाले केही तयारी भने बैठकपछि मात्र हुने छ ।
उपत्यका फर्कनेको बढ्न थाल्यो चहलपहल (फोटो फिचर)
नेपालीको महान चाड दसैं मनाउन उपत्यका बाहिर गएकाहरु धमाधम कर्मथलो काठमाडौं फर्कन थालेका छन् । दसैं मनाउन आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दसैं मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।
नयाँ पर्यटकीय गन्तव्य बन्दै सिद्धिडाँडा (फोटो फिचर)
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथीभराको जिल्ला भनेर ताप्लेजुङलाई चिनिन्छ । ताप्लेजुङका उक्त दुई मुख्य पर्यटकीय तथा धार्मिक गन्तव्य हुन् भने अन्य थुप्रै पर्यटकीय गन्तव्यहरु रहेका छन् ।