सुरु भयो इन्द्रजात्रा
हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत् रुपमा सुरु भएको छ ।
चिकित्सक कुटेको विरोधमा प्रदर्शन (फोटो फिचर)
चिकित्सकमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। आफूहरूमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेको भन्दै सुरक्षाको माग राख्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् ।
सडकमा सुतेर राहत शिक्षकको विरोध
राहत शिक्षकहरुले सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आज काठमाडौंको माइतीघरमादेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका हुन् ।
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग (फोटो फिचर)
सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल (पुरानो भवन) जलमग्न भएको छ ।
अर्घाखाँचीको ठाडा दह (फोटो फिचर)
अर्घाखाँचीको प्रख्यात धार्मिक ठाडा दह आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ । पर्यटकीय हिसाबले मात्र नभएर धार्मिक हिसाबले समेत यो दह प्रख्यात बन्दै गएको छ ।
इन्द्रजात्राको तयारी (फोटो फिचर)
इन्द्रजात्राको दिन नजिकिँदै गर्दा दरबार क्षेत्रमा रहेका मन्दिर दरबार रंगरोगनकाे काम धमाधम भइरहेको छ ।
शिक्षकको प्रदर्शन : सडकमै नाचगान (फोटो फिचर)
आन्दोलनरत शिक्षकहरुले आज (शुक्रबार) तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको प्रदर्शन (फोटो फिचर)
विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।
माइतीघरमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन् ।
संविधान दिवस विशेष समारोहका झलकहरू
नेपाली जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लागेको छ ।
द्रुत बस सेवा सञ्चालनका लागि अलग्गै लेन तयार
भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ ।
ऋषिपञ्चमीमा भक्तजनको भीड (फोटो फिचर)
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको पशुपति क्षेत्र र टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड छ । आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।
तिजको रमझम (फोटो फिचर)
सोमबार सहरका चोकचोकमा तिजको रमझम खुबै देखियो । गाउँ रित्तिँदै गए पनि सहरी क्षेत्रमा तिजमा रमाइलो गर्ने समूह चोकचोकमै भेटिए ।
पशुपति दर्शनमा सहज : दर्शनार्थीको रुचि सेल्फी, टिकटकमा
पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ।
विश्वकर्माको स्मरणमा सवारीसाधन तथा औजारको पूजा (फोटो फिचर)
आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ ।
तीज मनाउन पशुपतिमा महिलाहरूको भीड (फोटो फिचर)
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका (तीज)मा पशुपतिमा महिलाहरूको भीड लागेको छ ।
फेसन सोको र्यापमा मोडल (फोटो फिचर)
नौ जना डिजाइनरले निर्माण गरेका पहिरनमा ग्लाम नेपाल इन्टरन्यास्नलद्वारा आयोजित फेसन सोमा मोडलहरुले र्याप वाक गरेका छन् ।
तानसेनको भगवती मन्दिर (फोटो फिचर)
पाल्पाको सदरमुकाम तानसेनको टुँडिखेल नजिक भीमसेन टोलमा रहेको भगवती मन्दिर भक्तजनको लागि प्रख्यात मानिन्छ । यो मन्दिर निकै नै फराकिलो क्षेत्रफलमा प्या गोडा शैलीको रहेको छ।
पशुपतिमा नेम्वाङको अन्तिम संस्कार गरिँदै
संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।
कुसे औँसी: गोकर्णेश्वरमा श्रद्धालुको भीड (फोटो फिचर)
आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् ।
नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगियो (फोटो फिचर)
काठमाडौं, भदौ २७ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निजी निवास बालुवाटार लगिएको छ । बुधबार उहाँका छोराहरू विदेशबाट नेपाल आइपुगेपछि कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई निजी निवास बालुवाटारमा लगिएको हो । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिने निर्णय गरेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु (फोटो फिचर)
पाठेघरको मुख्यको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउनु सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबिच सो खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।
प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पार्टी कार्यालयमा नेम्वाङप्रति श्रद्धाञ्जली
नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।