• १२ साउन २०८१, शनिबार

नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगियो (फोटो फिचर)

blog

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी मुख्यालय च्यासल ललितपुरबाट निजी निवास बालुवाटार लगिँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ २७ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निजी निवास बालुवाटार लगिएको छ । 

बुधबार उहाँका छोराहरू विदेशबाट नेपाल आइपुगेपछि कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई निजी निवास बालुवाटारमा लगिएको हो । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । 

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिने निर्णय गरेको छ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।