माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खला
मध्यनेपाल नगरपालिका–६ भोर्लेटारको दोभानडाँडामा पाक्दै गरेको धानवाली पृष्ठभूमिमा माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खला र आसपासका क्षेत्र ।
विश्व पर्यटन दिवसको अवसरमा फोटो प्रदर्शनी
काठमाडौं, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको दौरान खिचिएका तस्बिरलाई संकलन गरेर इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी गरिएको हो ।प्रदर्शनीमा इन्द्रजात्राको अवसर खिचिएका तस्बिर राखिएको छ । पुराना तथा हालका जिवितदेवी कुमारी, भैरब र गणेशदेखि लाखे पुलिकिसीलगायत जात्रामा गरिने हरेक गतिविधिका तस्बिरलाई महत्वका साथ राखिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा विदेशी पर्यटक तथा आन्तरिक पर्यटकले चासोका साथ अवलोकन गरेको अध्यक्ष प्रदीपराज वन्तले बताउनुभयो । जात्रा हेर्न नपाएका र जात्राका बारेमा थाहा नै नभएका पर्यटकले यहि फोटो प्रदर्शनीमार्फत जानकारी लिएको उहाँको भनाइ छ । नेपाल आर्ट काउन्सिल र काठमाडौं महानगरपालिकाको सहकार्य रहेको प्रदर्शनीमा २० फोटोग्राफरका ९० तस्बिर समावेश छ ।
दसैँ मनाउन उपत्यका छोड्नेको लर्को ( फोटो फिचर )
हिन्दुहरूको पर्व विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ ।
जनकपुरधाममा दसैँको रौनक (फोटो फिचर)
विजया दशमीको आगमनसँगै जनकपुरधाममा दुर्गा पूजाको चहलपहल बढेको छ । शक्तिपीठको रूपमा मानिने राजदेवी मन्दिरसहित पिडरिया माइस्थान, रामचौकस्थित बौधिमाई, मुरली चौकस्थित दुर्गा मन्दिरलाई भव्य रूपमा सजाइएको छ ।
मनास्लु हिमाल
मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारको दोभानडाँडाबाट देखिएको मनास्लु हिमाल ।
चाडवाड नजिकिएसँगै धनकुटामा बढ्यो चहलपहल
नेपाली हिन्दूहरुको महान चाड बडादसैँ सुरु भएसँगै धनकुटामा पनि चहलपहल बढ्दै गएको छ । जसले गर्दा व्यापारीहरु उत्साहित भएका छन् ।