खोलामा जमेको बरफ
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ स्थित छोनुप गाउँ नजिक बगिरहेको खोलामा जमेको बरफ र आसपासका क्षेत्र ।
माघे सङ्क्रान्तिको अवसरमा खाना महोत्सव (फोटो फिचर)
मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पामा मगर समुदायले माघेसङ्क्रान्ति पर्व विभिन्न कार्यक्रम सहित मनाइएको छ। बिहीबार रामपुर नगरपालिका–२, बादरकुनामा मगर खाना महोत्सव सहित माघेसङ्क्रान्ति पर्व मनाइएको छ।
टुँडिखेलमा थारू समुदायको माघी (फोटो फिचर)
आज माघे सङ्क्रान्ति पर्व देशभर विभिन्न मुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् ।
मगर समुदायले मनाए माघे सकराती (फोटो फिचर)
काठमाडौं उपत्यकामा बसोवास गर्ने मगर समुदायले भव्यताका साथ माघे सकराती मनाएका छन् । नेपाल मगर सङघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो ।
देवघाटधाम
देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्त्व बोकेको धार्मिक तीर्थस्थल हो ।
टिटी तालमा पर्यटकको चहलपहल
समुद्री सतहदेखि करिब २ हजार ६२९ मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–५ मा स्थित टिटी तालमा पर्यटकको चहलपहल ।
छोमाछो ताल र निलगिरि हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित समुद्री सतह देखि ३ हजार ४५० मिटर उचाइमा अवस्थित छोमाछो 'आमा' ताल र पृष्ठभूमिमा निलगिरि हिमाल ।
कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भुवानीपानी देउरालीबाट देखिएको कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल ।
गहुँखेती
बझाङको बित्थडचिर गाउँपालिका–४ तल्लाभतडाका किसानले लगाएको गहुँबाली ।
निर्वाचन प्रहरीमा भर्ना हुन फारम बुझाउनेको भिड
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ ।
म्याग्दीको मलम्पार गाउँ
म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित भिरालो पाखोमा रहेको मलम्पार गाउँ । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि स्थानीयलाई सहज भएको छ ।
भेरी किनार आसपासको क्षेत्र
भेरीको किनारस्थित गुर्भाकोट नगरपालिकाको प्रशासकीय केन्द्र मेहलकुना तथा आसपासको क्षेत्र ।
हिउँ परेपछि पदयात्रीलाई सकस
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ नजिकैको सेताम्मे हिउँ परेको उकालो बाटोमा हिड्दै गरेका पदयात्री।
राउटे समुदायका बालबालिका
सुर्खेतको लेकबेशी नगरपालिका–७स्थित पुलटारमा राउटे समुदायका बालबालिकाहरु।
गुफापोखरी
यो तेह्रथुमको मेन्छयायेम गाउँपालिका, ताप्लेजुङको मैवाखोला गाउँपालिका र सङ्खुवासभाको चैनपुर नगरपालिकाको सिमा क्षेत्रमा पर्दछ ।
हिउँले छोपेको मुस्ताङ–डोल्पा जोड्ने सडक
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्र हिउँले छपक्कै छोपेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता आसपासको सडक तथा भिरपाखा सबै हिउँले सेताम्मे भएको हो ।
साँख गाउँ
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा अवस्थित साँख गाउँ ।
घट्टेखोला बगर र निलगिरि हिमाल
मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित घट्टेखोला बगर र पृष्ठभुमिमा निलगिरि हिमाल । यो स्थानलाई स्थानीयले बोक्सीखोला पनि भन्ने गर्छन् ।
भार्से गाउॅ
गुल्मीको सत्यवती गाउॅपालिका–८ स्थित भार्से गाउँ ।
भोजपुरको श्यामशिला बजार
भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला र भोजपुर–लेगुवा मध्यपहाडी सडक ।
शालीनदीमा स्वस्थानीका व्रतालुको घुइँचो (फोटो फिचर)
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।
सेतो मच्छिन्द्रनाथको साजसज्जा (फाेटाे फिचर)
धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङ्गराेगनको कार्य सम्पन्न गरिँदैछ । प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुसको सप्तमीका दिन शोभाभगवतीस्थित भचाखुसीबाट जल ल्याई अष्टमीमा आर्यावलोकितेश्वरलाई महास्नान गराइन्छ ।
चासोक मेलामा गुञ्जिदै मौलिकता (फोटो फिचर)
पाँचथरको सदरमुकाम फिदिम नगरपालिका ४ मा अवस्थित सुम्हात्लुङ गडी क्षेत्रमा यतिखेर मौलिकताको गुञ्जायस छ ।
नयाँ वर्ष सन् २०२६को पहिलो सूर्योदय
इस्वी संवतको नयाँ वर्ष २०२६ आज (बिहीबार) देखि सुरु भएको छ। पहिलो दिन बिहीबार बिहान भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्योदयको दृश्य ।