• १२ साउन २०८१, शनिबार

शिक्षकको प्रदर्शन : सडकमै नाचगान (फोटो फिचर)

blog

शुक्रबार पनि काठमाडौंमा जारी शिक्षकको विरोध प्रदर्शन । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज ५ गते । आन्दोलनरत शिक्षकहरुले आज (शुक्रबार) तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।  विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि आन्दोलन सुरु गरेका हुन् ।

काठमाडौंको माइतीघरमा जम्मा भएर शिक्षकहरुले नयाँबानेश्वरसम्म प्रदर्शन गर्दैछन् । प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान गरेका छन् ।


संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।