अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी (फोटो फिचर)
योगं पिकासोको आयोजनामा पाँच दिने तेश्रो अन्तर्राष्ट्रिय 'चित्रकला प्रदर्शनी २०२३' बिहीबारबाट सुरु भएको छ । पाटन संग्रहालयको प्रेक्षालयमा प्रदर्शनीमा राखिएको चिकलामा कला, संस्कृतिका चित्रकला समावेश गरिएको छ । नेपाल र अन्तर्राष्ट्रिय चित्रकारहरुले आफ्नो चित्र प्रदर्शनीमा राखिएको छ । नेपाल सहित ८ राष्ट्रका १८ चित्रकारहरुले सो प्रदर्शनीमा भाग लिएका थिए । यस चित्रकला प्रदर्शनीका सहभागी राजेश महर्जनका अनुसार यस चिकला प्रदर्शनीले देश विदेश बिच संस्कृति आदानप्रदान पुल काम गर्ने बताउनु भयो ।
मौसम खुलेपछि देखिएको भेडेटारको सुन्दर दृश्य (फोटो फिचर)
पूर्वको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो, भेडेटार । सुनसरी र धनकुटाको सीमा क्षेत्रमा रहेको भेडेटार १४ सय मिटरको उचाइमा अवस्थित छ ।
सकियो इन्द्रजात्रा
असोज ९ गते बिहान को १०ः३७ बजेको शुभसाइतमा इन्द्रोध्वात्थान पछि सुरु भएको येँया (इन्द्रजात्रा) हिजो बेलुकी ८ः३७ बजे योँसी ढालिए पछि विधिवत् रुपमा समापन भएको छ ।
पर्यटकका लागि गन्तव्य बन्दै घोडाघोडी ताल
जैविक विविधता र सिमसार क्षेत्रको रुपमामात्र होइन पर्यटकको गन्तव्य क्षेत्रको रूपमा समेत महत्त्वपूर्ण छ कैलालीको घोडाघोडी ताल ।
महभिरमा पहिरो : १९ घर उच्च जोखिममा (फोटो फिचर)
असोज १० गते बिहान राति भारी वर्षासँगै गाउँ माथिबाट खसेको पहिरोले म्याग्दीको महभिरमा तीन घरपरिवार विस्थापित भएका छन् भने १९ घर उच्च जोखिममा रहेका छन् ।
महिलाद्वारा रथ तानेर मनाइँदै नानीचा याः (फोटो फिचर)
पहिला जात्रामा पुरुषहरुले मात्र तानिने रथ जात्रा पछिल्लो केहि वर्ष देखि ३ दिनको १ दिन नानीचा याःको दिनमा महिलाहरुले रथ तानिने दिन छुटयाएर जात्राको अन्तिम दिनमा महिलाहरुले मात्रा रथ तान्ने चलनको सुरुवात गरिएको हो ।
सङ्घीय निजामती सेवा विधेयकको विरोधमा कर्मचारीहरू आन्दोलित
सरकारले सङ्घीय संसदमा दर्ता गरेको सङ्घीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
कैलालीका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)
कैलाली उपमहानगरपालिका आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन व्यस्त रहेका छन् ।
ऐरावत अर्थात् ‘पुलुकिसी’
इन्द्रजात्रा सुरु भएसँगै काठमाडौँका टोल र गल्लीमा ला: छकु वय्क सम्य बजी, बल बल पुलुकिसी... स्वर गुन्जिन्छ ।
तस्बिरमा रामारोशनको सौन्दर्य
अछाम जिल्लामा अवस्थित रामारोशन क्षेत्र प्राकृतिक दृष्टिकोणले अत्यन्तै सुन्दर छ । ‘रेम्बो फ्यामिली ग्यादरिङ’ अन्तर्गत ४० भन्दा बढी देशका नागरिकहरू रामारोशन पुगेसँगै यस क्षेत्रको चर्चा अझै बढेको छ ।
महाकाली नाचको रौनक
इन्द्रजात्राको अवधिभर नचाइने महाकाली नाचले भने भक्तपुरको प्रतिनिधित्व गरेको देखिन्छ ।
तस्बिरमा ज्येष्ठ नागरिक (फोटो फिचर)
ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह, नेपालले आज फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
जात्रामय छ, हनुमानढोका दरबार क्षेत्र
अहिले हनुमानढोका क्षेत्र तथा काठमाडौँका भित्री सहर जात्रामय भएको छ । द्वादशीका दिन इन्द्रध्वजात्थोन पश्चात् सुरु भएको जात्रा चतुर्थीबाट रथयात्रा पनि भएको हो ।
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डको न्युयोर्क र चीन भ्रमणका झलक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस महिना अमेरिका र चीनको भ्रमण गर्नुभएको छ । उहाँ अमेरिका सिधै चीनको भ्रमणमा जानु भएको हो ।
सडक सास्तीले हैरान उपत्यकावासी (फोटो फिचर)
सडककै कारण सधैँ जनताले सास्ती त पाएकै छन् । तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ? भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ । केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ?
पर्यटक लोभ्याउने स्यार्पुताल (फोटो फिचर)
असोज ११ गतेदेखि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा “स्यार्पू, पर्यटन तथा व्यापार महोत्सव” चलिरहेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको स्यार्पुतालको छेउमै महोत्सव गरिनुको मुख्य कारण यही “स्यार्पुताल” हो ।
इन्द्रजात्रा : तल्लो टोल क्वने याः सम्पन्न
येँया (इन्द्रजात्रा)को रथजात्राको पहिलो दिन हिजो (बिहीबार) राति तल्लो टोल क्वने याः सम्पन्न भयो । राष्ट्रपति रामचन्द्र पौडेलबाट जात्राको अवलोकन पछि जात्रा तल्लो टोल तिर लगिएको थियो ।
राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक इन्द्रजात्रा अवलोकन (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई इन्द्रजात्रा अवलोकन गर्नुभएको छ ।
इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको हो ।
मगंलबजारमा पर्यटन दिवस (फोटो फिचर)
आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो । यसै अवसरमा ललितपुरको मगंलबजार पनि यस भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा यस वर्षको विश्व पर्यटन दिवस मनाइएको छ ।
नेपाललाई हराउँदै भारत फाइनलमा (फोटो फिचर)
काठमाडौं, असोज १० गते । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएको हो । यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ७४ मिनेटमा नेपालले गोल गर्दै बराबरी गरेको थियो । अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । आजनै भएको खेलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो ।
५०४ कन्या श्रीकुमारी पूजा (फोटो फिचर)
युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा आज (बुधबार) ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको छ ।
शताब्दी पुरुष डा. दासलाई सरकारले सम्मान गर्नेछ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।