• १२ साउन २०८१, शनिबार

तस्बिरमा रामारोशनको सौन्दर्य

blog

अछाम जिल्लामा अवस्थित रामारोशन क्षेत्र । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह
रामारोशन (अछाम), असोज १४ गते । 
अछाम जिल्लामा अवस्थित रामारोशन क्षेत्र प्राकृतिक दृष्टिकोणले अत्यन्तै सुन्दर छ । ‘रेम्बो फ्यामिली ग्यादरिङ’ अन्तर्गत ४० भन्दा बढी देशका नागरिकहरू रामारोशन पुगेसँगै यस क्षेत्रको चर्चा अझै बढेको छ ।

‘१२ बन्ड (ताल) १८ खण्ड (पाटन)’ भएको क्षेत्रका रूपमा पनि रामारोशनलाई चिन्ने गरिएको छ । रामारोशन क्षेत्रमा अवस्थित ठुला–ठुला तालहरू र फराकिला फाँटहरू हेरेर यस क्षेत्रमा घुम्न आउने मन्त्रमुग्ध हुने गर्दछन् ।

सहरी क्षेत्रको कोलाहलबाट टाढा भएर शान्त र सुन्दर क्षेत्रको खोजी गर्नेहरूका लागि रामारोशन उपयुक्त स्थान हो ।