• ७ पुस २०८२, सोमबार

देशभर १० लाखभन्दा बढी नयाँ मतदाता थपिए

blog

प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित । तस्बिर : केशब गुरुङ ।

  • मतदाता सङ्ख्या उल्लेख्य वृद्धि : देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्, जसले कुल मतदाता सङ्ख्यामा ५.६५ प्रतिशतले वृद्धि गरेको निर्वाचन आयोगले जनाएको छ ।
  • निर्वाचनमा सहभागी दल ११४ पुगे : प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलको सङ्ख्या ११४ पुगेको छ, जुन २०७९ सालको निर्वाचनमा रहेको ८७ दलको तुलनामा उल्लेख्य वृद्धि हो ।
  • दल सङ्ख्या बढ्दा प्रतिस्पर्धा तीव्र हुने अनुमान : दलहरूको सङ्ख्या बढेकाले आगामी निर्वाचनमा प्रतिस्पर्धा थप चर्किने अनुमान निर्वाचन आयोगले गरेको छ ।
  • निर्वाचन सामग्रीमा मितव्ययी व्यवस्थापन : निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीमध्ये ३७ वटा जिल्लास्तरमै खरिद गरिने र बाँकी १४ वटा मात्र आयोगले केन्द्रबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
  • सुरक्षा र वातावरण निर्माणमा निरन्तर समन्वय : निर्वाचनको अनुकुल वातावरण बनाउन आयोगले सुरक्षा निकाय तथा सरकारसँग निरन्तर छलफल र परामर्श गरिरहेको जानकारी दिएको छ ।

काठमाडौँ, पुस ७ गते । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । 

सोमबार फागुन २१ मा हुने तय भएको प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिनु भएको हो । 

उहाँका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूको सङ्ख्या ११४ पुगेको छ । गत २०७९ सालको निर्वाचनमा ८७ दलहरूले निर्वाचनमा भाग लिएका थिए । 

उहाँले दलहरूको सङ्ख्या बढेको कारण निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारी समेत दिनु भयो । उहाँले निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरू आयोगले पहिचान गरेको जानकारी समेत दिनु भयो । ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरू जिल्लास्तरबाट नै खरिद गर्ने र  बाँकी १४ वटा सामग्रीहरू मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउने गरी काम भइरहेको जानकारीसमेत दिनु भयो । 

उहाँले पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँचीलगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिनु भयो ।

उहाँले पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँचीलगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्नेगरी आयोगले प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिनु भयो । 

उहाँले भन्नुभयो, ‘‘मतपेटिका र मसीको मौज्दात पर्याप्त रहेको हुनाले ती सामग्रीहरू खरिद गर्नुपर्ने अवस्था छैन । पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको छ । 

निर्वाचनमा प्रयोग हुने ५१ प्रकार सामग्रीको पहिचान गरिएको छ जुन हामी मतदान केन्द्रमा प्रयोग गर्ने गर्दछौँ । त्यसमध्ये पनि ३७ वटा सामग्रीहरू जिल्लास्तरबाट नै खरिद गरेर बाँकी १४ वटा सामग्रीहरू मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउने गरी काम गरिरहेको छ । यसो हुँदा स्रोतहरूको बचत हुने मितव्ययी हिसाबले निर्वाचन सम्पन्न हुने छ । मतदाता नामावलीको अन्तिम नामावली पुस १५ मा मात्रै तयार हुने छ । आजको मितिमा हेर्दाखेरी १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । त्यो भनेको ५.६५ प्रतिशतले मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । 

निर्वाचनमा भाग लिने राजनीतिक दलहरूको सङ्ख्या हेर्दाखेरी ०७९ मा ८७ वटा दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको अवस्था थियो भने अहिले ११४ वटा दलहरू निर्वाचन प्रयोजनका लागि दर्ता भएको अवस्था रहेको छ । 

दलहरूको सङ्ख्या बढेको कारण निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ । हामीले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकेको छ ।

उहाँले मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय एवं सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको समेत जानकारी दिनु भयो ।