शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज १३ गते । ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह, नेपालले आज फोटो प्रदर्शनीको आयोजना गरिएको छ । तस्बिरमा ज्येष्ठ नागरिक नाम दिइएको फोटो प्रदर्शनी ललितपुरको मंगलबजारमा आयोजना गरेको हो ।
ललिततपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्नु भएको फोटो प्रदर्शनीमा ४५ फोटो पत्रकारका ६५ वटा तस्बिर रहेका थिए । प्रर्दशनीमा राखिएका तस्बिरहरुमा ज्येष्ठ नागरिकहरुका दैनिकी समेटिएका थिए ।

मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।