• ७ वैशाख २०८२, आइतबार

सङ्घीय निजामती सेवा विधेयकको विरोधमा कर्मचारीहरू आन्दोलित

blog

काठमाडौँको माइतीघर मण्डलमा धर्नामा बस्दै स्थानीय तहका कर्मचारी । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज १५ गते । सरकारले सङ्घीय संसदमा दर्ता गरेको सङ्घीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै सोमबार काठमाडौँको माइतीघर मण्डलमा विभिन्न मागसहित हातमा कालोपट्टि बाँधेर धर्ना दिएका हुन् ।  स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको आव्हानमा भएको आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौँ भेला भएका छन् ।

उनीहरूले सङ्घीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाबाटै रहने व्यवस्था गर्नुपर्ने, निजामतीको परिभाषामा आफूहरूलाई समेट्नुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्ति विकास गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीलाई उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियनको अधिकार दिनुपर्नेलगायतका माग राखेका छन् ।