शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजु लामिछाने
रुकुम पश्चिम, पुस ७ गते । गए राति अटो दुर्घटना हुँदा रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी राजमार्गअन्तर्गत मुसिकोट नगरपालिका १ खलङ्गाबाट सानिभेरी गाउँपालिकातर्फ गइरहेको अन टेस्ट अटो सानिभेरी गाउँपालिका ९ को खारखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मुसिकोट नगरपालिका १३ निवासी २८ वर्षीय अटो चालक विनोद रोकायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार अटो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । अटोमा चालक मात्र रहेको बताइएको छ । मृतक रोकायको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।