शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस ७ गते । सप्तरीको राजगढ गाउँपालिकामा घुरबाट आगो सल्किएर साडीमा लाग्दा जलेर एक वृद्ध महिला गम्भीर घाइते हुनुभएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ घर भएकी ७० वर्षीया उमदा देवी मण्डलले गाई गोठमा लगाएको घुरबाट आगो सल्किएर साडीमा लाग्दा गम्भीर घाइते हुनुभएको हो ।
गाई गोठमा लगाएको घुरबाट मण्डलको साडीमा आगो सल्किन गई कम्मरभन्दा मुनिको ५० प्रतिशत भाग जलेर गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
गम्भीर घाइते मण्डललाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारपछि थप उपचारका हाल बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।