• ४ जेठ २०८१, शुक्रबार

जात्रामय छ, हनुमानढोका दरबार क्षेत्र

blog

रथयात्राका लागि लगिदै जिवित देव भैरब । तस्बिर : मनोज रत्न शाही

काठमाडौं, असोज १३ गते । अहिले हनुमानढोका क्षेत्र तथा काठमाडौँका भित्री सहर जात्रामय भएको छ । द्वादशीका दिन इन्द्रध्वजात्थोन पश्चात् सुरु भएको जात्रा चतुर्थीबाट रथयात्रा पनि भएको हो । रथयात्राको दोस्रो दिन नेवार समुदायले येँया पुन्हि विशेष दिनको रूपमा लिने गरिन्छ ।

यो दिनमा मुख्य मुख्य चोकमा समयबजि प्रदर्शन गरिने तथा सो समयबजि प्रसादको रूपमा पनि ग्रहण गर्ने प्रचलन छ । हिजो रथयात्रा वसन्तपुर दरबार क्षेत्रबाट सुरु भएर माथिल्लो टोलमा जात्रा चलाइएको हो । नेवार समुदायले यस दिनको जात्रालाई थःने या पनि भन्ने गरेको पाइन्छ ।