भारतीय दूतावासले मनायो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ । बिहीबार राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो ।
सरस्वती पूजाको अवसरमा राष्ट्रपतिद्वारा वसन्त श्रवण (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ ।
भारतको अयोध्या लैजाने शिला हस्तान्तरण (फाेटो फिचर)
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रा सहित हस्तान्तरण गरिएको हो ।
रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण (फोटो फिचर)
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिनुभएको छ।
हुम्लामा बाक्लो हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)
हुम्लामा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि आन्तरिक पर्यटक खुसी भएका छन् । लामो समयको प्रतीक्षापछि हिमपात भएकाले वातावरण सुन्दर देखिएको छ । हुम्लामा करिब दुई फिट बाक्लो हिमपात भएको छ ।
रुकुमपूर्वका लेकाली भेगमा भारी हिमपात (फोटो फिचर)
मङ्गलबार दिउँसोदेखि मौसम बदली भएपछि जिल्लाका अधिकांश ठाउँमा हिमपात तथा वर्षा भइरहेको छ । जिल्लाका तीन वटै पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाको लेकाली भेगमा तथा उच्च भू–भागमा हिमपात भइरहेको हो ।
'सभ्य समाज निर्माणमा कलाकारको भूमिका महत्त्वपूर्ण' : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गर्नुभयो ।
तस्बिरमा सोनाम ल्होछार
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
साताका सात तस्बिर
सुर्खेतको पञ्चपुरी नगरपालिका–११, कुईनेस्थित भेरी नदी र कर्णाली नदीको सङ्गमस्थल ।