• ९ जेठ २०८१, बुधबार

इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा (फोटो फिचर)

blog

इन्द्रजात्रा अवलोकन गर्न जुद्धशम्शेरको सालिकदेखि हिँडेर वसन्तपुर जानुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि  हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको हो ।

काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै राष्ट्रपतिको सवारीलगायत अन्य सवारी जुद्ध सालिक अगाडि रोकिएका थिए ।

बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ । राष्ट्रपति पौडेललाई काठमाडौँ महानगरपालिकाका उपप्रमुख  सुनिता डङ्गोलले स्वागत गर्नुभएको थियो ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।