• २२ मंसिर २०८१, शनिबार

५०४ कन्या श्रीकुमारी पूजा (फोटो फिचर)

blog

हनुमानढोका दरबार क्षेत्रमा ५०४ कन्या श्रीकुमारी पूजा । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असोज १० गते । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा आज (बुधबार) ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरेको हो ।

ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू सो पूजामा सहभागी भएका थिए ।  हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ ।

इन्द्रजात्राको अवसरमा ५०४ कुमारीको पूजा गरिएको छ। नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।