रङ्गीन बिजुली बजार पुलको दृश्य (फोटो फिचर)
काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोग गरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)मा रङ्गिन बत्ती जडान गरिएको छ
एकै पटक दुई सय बङ्गलादेशी पर्यटक नेपालमा (फोटो फिचर)
दुई सयभन्दा बढी बङ्गलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्याह्न दुई सयभन्दाबढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो ।
बस्तीले बिगारेको फिर्केखोला (फोटो फिचर)
पोखरा महानगरको मध्य भाग हुँदै बग्ने फिर्केखोला अँधेरीकुनादेखि सहरका विभिन्न क्षेत्र हुँदै फेवातालमा पुगेर मिसिन्छ।
प्रधानमन्त्री प्रचण्ड रामेछापमा
नेकपा (माओवादी केन्द्र), दोरम्बा शैलुङ गाउँपालिका संगठन समितिले डाडाँकटेरीमा आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आइपुग्नुभएको हो ।
गुँला पर्व सुरु
नेवार समुदायले मनाउने गुँला पर्व बिहीबारबाट सुरु भएको छ ।
कपन खोलामा पर्खाल निर्माण गरिँदै (फोटो फिचर)
काठमाडौँ महानगरपालिकाले कपन खोलालाई पुनः खोलाकै स्वरूपमा ल्याउन पर्खाल निर्माण गर्न सुरु भएको छ ।
पोखरामा मनाइयो ट्होंटे पर्व (फोटो फिचर)
तमु समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ट्होंटे पर्व पोखरामा आज भव्यताका साथ मनाइएको छ ।
हनुमान ढोका परिसरका मन्दिर धमाधम जीर्णोद्धार हुँदै (फोटो फिचर)
वि.सं. २०७२ को भूकम्पले पूर्णरुपले क्षति भएको हनुमानढोका दरबार परिसरका मन्दिरहरूको पुनर्निर्माण सम्पन्न हुँदैछ ।
उपराष्ट्रपति यादव चीन प्रस्थान
उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
कागबेनीमा बाढीको वितण्डा (फोटो फिचर)
लगातारको वर्षा सँगै आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधनको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
तस्बिरमा २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस
२४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । प्रभातफेरी शनिबार काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई न्युप्लाजा, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह पुगेर सकिएको हो ।
बुढानीलकण्ठको रुद्रेश्वर महादेव मन्दिर (फोटो फिचर)
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका– १३ भंगालमा अवस्थित प्राचीन रुद्रेश्वर महादेवको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
कपनको खोलामा महानगरको डोजर (फोटो फिचर)
काठमाडौं महानगरपालिकाले कपनको खोला खुला गर्न सुरु गरेको छ। महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुला गर्न सुरु गरेको हो।
भेडीगोठको उँभौली यात्रा (फोटो फिचर)
हिजोआज नेपालका विभिन्न उच्च हिमाली क्षेत्रका सेरोफेरोमा भेडाका बथान रमाउँदै चरिरहेको भेट्न सकिन्छ । गोठालाले उभौली घुम्ती शिविरका रूपमा भेडी गोठ लेकतिर लागेसँगै अहिले माथिल्लो भेगमा चरनमा रहेका भेडाका बथान भेटिने गरेका हुन् ।
मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस (फोटो फिचर)
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न (फोटो फिचर)
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
साताका सात तस्बिर
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको चापाघाटको दृश्य । साथै मादी नदी र मादी नदीमाथि रहेको पक्की पुल ।
चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर (फोटो फिचर)
म्याग्दीको सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर धार्मिक पर्यटकीय स्थल हो । शिवालय मन्दिर माथि ठूलो बरको रुख रहेको छ ।
टिकापुरको पद्म प्रकाशेश्वर महादेव मन्दिर (फोटो फिचर)
कैलाली जिल्ला टिकापुर नगरपालिका–७ सत्ती बजार अर्थात् पूर्वबाट पूर्वपश्चिम राजमार्ग हुँदै सुदूरपश्चिम जाँदा लम्कीबाट बायाँतर्फ करिब २४ किलो मिटरको दूरीमा अवस्थित छन् प्राचीन एवम् ऐतिहासिक पद्म प्रकाशेश्वर महादेवको मन्दिर ।
बिजुलीबजारमा सहकारी पीडितद्वारा आन्दोलन (फोटो फिचर)
सहकारी पीडितहरूले काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् ।
राप्रपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड (फोटो फिचर)
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।
ललितपुरकाे हिरण्यवर्ण महाविहारमा प्रज्ञापारमिताको पुनर्लेखन (फोटो फिचर)
सुजन गुरुङललितपुर, साउन १४ गते । ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रुपमा वाचन गरिने प्रज्ञापारमिता (बुद्ध धर्मग्रन्थ) को जीर्णाेद्धार तथा पुनर्लेखन कार्य सञ्चालन भइरहेको छ । हरेक ३-३ वर्षमा मा आउने मलमास वा पुरुषोत्तम मासको एक महिना अवधिभर सो कार्य सञ्चालन गर्ने गर्दछ । बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित सो ग्रन्थमा बुद्धत्व प्राप्तिका सिद्धान्तहरु र भगवान् बुद्धसँग सम्बन्धित विभिन्न प्रसङ्गहरु समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताउनुभयो । सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरी प्रज्ञापारमिताको जीर्णाेद्धार कार्य भइरहेको छ ।३०० पेज र ८ हजार श्लोक रहेको सो प्रज्ञापारमितालाई अष्टश्राशिका समेत भन्ने गरिन्छ । खाना खाएपश्चात् लेख्न नहुने भएकाले दैनिक ८ः३० देखि ११ः३० बजेसम्म लेखन कार्य गरिन्छ । सो कार्यमा हेमरत्न बज्राचार्यसँगै अन्य ६ जना सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागिता छ ।
साताका सात तस्बिर
प्रहरीले विभिन्न समयमा बरामद गरेका आठ हजार ८९६ थान हातहतियार बिहीबार नष्ट गरिँदै ।
तमोर तरेर तोक्पेगोला (फोटो फिचर)
ताप्लेजुङको पश्चिमोत्तर मिक्वाखोला गाउँपालिका–५, को उपल्लो छेउमा छ एउटा सानो सुन्दर गाउँ, तोक्पेगोला । छुट्टै प्राकृतिक सुन्दरताको राज हेर्न यहाँ पुग्नुपर्छ ।