• ८ जेठ २०८१, मङ्गलबार

सकियो इन्द्रजात्रा

blog

काठमाडौं, असोज १६ गते । असोज ९ गते बिहान को १०ः३७ बजेको शुभसाइतमा इन्द्रोध्वात्थान पछि सुरु भएको येँया (इन्द्रजात्रा) हिजो बेलुकी ८ः३७ बजे योँसी ढालिए पछि विधिवत् रुपमा समापन भएको छ ।

सप्ताहव्यापी चल्ने जात्राको अन्तिम दिन रथयात्रा पश्चात राष्ट्रपति रामचन्द्र पौडेलबाट बसन्तपुर अवस्थित कुमारी घरमा पुग्नु भई श्री कुमारी, श्री गणेश तथा श्री भैरवको दर्शनका साथमा प्रसाद ग्रहण गर्नुभएको हो । अन्तिम दिन भने रथ महिलाहरुले तानिएका हुन् । जात्राको अन्तिम दिनलाई स्थानीय भाषामा नानीचा याः भन्ने गरिन्छ ।




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।