• १२ साउन २०८१, शनिबार

सडक सास्तीले हैरान उपत्यकावासी (फोटो फिचर)

blog

काठमाडौँ, असोज १३ गते । सडककै कारण सधैँ जनताले सास्ती त पाएकै छन् । तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ? भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ । केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? 

सडक हेर्ने सरकारी निकाय सडक विभाग अन्तर्गतका कार्यालयहरूको बदमासी र कमजोर कार्यसम्पादनसँगै दीर्घकालीन योजना विनाका टालटुले कामले उपत्यकावासीले सास्ती खेप्नु परेको स्थानीयको आरोप छ । सरकारी निकायविनै समन्वयकारी भूमिका नहुनुले सडक पटक पटक भत्काइनु अनि भत्किएका सडकको मर्मत तथा सुधारका लागि सडक विभाग अन्तर्गतका कार्यालयहरूले चासो नदिनु मुख्य समस्या हो । 

यो मननयोग्य र विचारणीय विषय हो तर फिल्डमा खटिने कछ । काठमाडौँ उपत्यकाकै सडक थितिमा छैनन् भने अन्य ठाउँको सडकको स्थिति कस्तो होला ? यो कल्पना गरे मात्रै पनि पुग्छ । काठमाडौँका यी सडकहरू मृत्यु मार्ग हुन् भन्दा फरक नपर्ला । यो सडक बिग्रिएको मात्र होइन, यो त सोच र योजना बिग्रिएको जस्तो देखिन्छ । पूर्ण जोखिम मोलेर आम सर्वसाधारणहरू दिनहुँ यात्रा गरिरहेका हुन्छन् ।