• ८ पुस २०८२, मङ्गलबार

खाल्डोमा पुरिएर एकको मृत्यु

blog

कैलाली, पुस ७ गते । धनगढी उपमहानगरपालिका –५ हसनपुरमा खाल्डोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार घरको पर्खाल बनाउन जग खनिरहेको बेला त्यहीँ जोडिएको पुरानो सेफ्टी ट्याङ्कीको खाल्डोमा परी ढिस्कोले पुरिँदा जोशीको मृत्यु भएको हो ।

अचानक ढिस्कोले पुरिएर घाइते भएका जोशीलाई तुरुन्तै उद्धार गरी अस्पताल लगिएकोमा अस्पतालमै मृत्यु भएको प्रनाउ सिंहले बताउनुभयो । रासस