• ८ पुस २०८२, मङ्गलबार

साढे तीन महिनापछि प्रदेश सभा बैठक बस्ने

blog

प्रदेश सभा भवन ।

अविनाश चौधरी

धनगढी, पुस ७ गते । भौतिक संरचनामा भएको क्षतिका कारण ठप्प सुदूरपश्चिम प्रदेश सभाको बैठक झन्डै साढे तीन महिनापछि बस्ने भएको छ । 

प्रदेश सभा भवन मर्मत गरेर बैठक सञ्चालन गर्न लागिएको हो । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ । भदौ २४ गते जेनजी आन्दोलनकारीले प्रदेश सभा भवनसहित प्रदेश सभा सचिवालयमा आगजनी र तोडफोड गरेका थिए । 

कार्यव्यवस्था समितिको बैठकले पुस ११ गते बैठक बस्ने निर्णय गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँले समितिको बैठकमा अधिवेसनलाई अगाडि बढाउने वा बजेट अधिवेसन अन्त्य गरेर हिउँदे अधिवेसन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो । 

सभामुख र प्रदेश सभा सचिवालयले बजेट अधिवेसन अन्त्य गरेर हिउँदे अधिवेसन चलाउन समितिका सदस्यहरुलाई आग्रह गरेको छ ।