• ४ जेठ २०८१, शुक्रबार

महिलाद्वारा रथ तानेर मनाइँदै नानीचा याः (फोटो फिचर)

blog

येँयाको अन्तिम दिन नानीचा याःमा महिलाबाट रथ तानिदैं । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असोज १५ गते । आज येँया (इन्द्रजात्रा) को अन्तिम दिन महिलाबाट जीवित देव देवी गणेश भैरब तथा कुमारीको रथ तानेर मनाइरहेका छन् । पहिला जात्रामा पुरुषहरुले मात्र तानिने रथजात्रा पछिल्लो केही वर्षदेखि ३ दिनको १ दिन नानीचा याःको दिनमा महिलाले रथ तानिने दिन छुटयाएर जात्राको अन्तिम दिनमा रथ तान्ने चलनको सुरुवात गरिएको हो । 

अन्तिम दिन वसन्तपुरदेखि प्याफल, यटखा, नरदेवी, किलागल, इन्द्रचोक, मखन, हनुमानढोका बाट रथ पुनः वसन्तपुर ल्याइन्छ । त्यसै रात इन्द्रध्वज फहराइएको लिंगो ढालेर बागमतीमा सेलाएपछि सप्ताहव्यापी येँया (इन्द्रजात्रा) को समापन हुन्छ ।









काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल इन्द्रजात्रामा





Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।