• २५ चैत २०८२, बुधबार

पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशभर वर्षा

blog

बुधबार दिउँसो वर्षा भइरहेका बेला वसन्तपुर क्षेत्रमा छाता ओढेर आफ्नो गन्तव्यतर्फ जाँदै गरेका सर्वसाधारण । तस्बिर: कविन अधिकारी

काठमाडौँ, चैत २५ गते । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण बुधबार देशका विभिन्न भागमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उपत्यकासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा साधारणतया बदली रहेको छ ।

अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।