• १२ साउन २०८१, शनिबार

कैलालीका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)

blog

कैलाली उपमहानगरपालिकाका किसान धान भित्र्याउन व्यस्त । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, असोज १५ गते । 
कैलाली उपमहानगरपालिका आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन व्यस्त रहेका छन् ।

नेपालबाट मनसुन नबाहिरिएकाले धान काटेर हतारमा भित्र्याउन लागिएको धनगढी उपमहानगरपालिका–७ मनहेराका कृषक भज्जी रानाले बताउनुभयो । एक बिघा जमिनमा लगाएको धान भित्र्यासकेको जानकारी उहाँले दिनुभयो ।

तरकारी, आलु, लगाउने खेतमा रहेको धान भित्र्याउन किसान व्यस्त छन् । यस वर्ष वर्षाले क्षति नपुगेका कारण कैलालीमा धान उत्पादन राम्रो भएको जनाइएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार कुल ८९ हजार ९३५ हेक्टर कृषि योग्य जमिन यो जिल्लामा ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ ।