हरिबोधनी एकादशीमा टाँगियो तोरन (फोटो फिचर)
कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ।
भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी (फोटो फिचर)
साना कलिला नानीबाबुदेखि ग्राज्युएडसम्मका पाठकलाई एउटा राम्रो अवसर हुन सक्छ ‘साउथ एसिया इन्टरनेशनल बुक फेयर २०२३ (नेपाल)’। काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको पुस्तक प्रदर्शनी अब चार दिनसम्म चल्नेछ।
पाटनमा सुरु भयो कात्तिक नाच (फोटो फिचर)
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरिएको कात्तिक नाच गत शनिबार रातिबाट सुरु भएको छ ।
पर्यटकीय गन्तव्य बन्दै 'मानहुँकोट' (फोटो फिचर)
चिसो मौसम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । यहाँबाट दमौली वरपर बिहानै फैलने तलाउँ जस्तो कुहिरीमण्डल सेताम्य भुँवाको मैदानजस्तो देखिने भएकाले पर्यटक आकर्षित भएका हुन् ।
उदाउँदो सूर्यलाई पूजा गरी छठ पर्वको समापन (फोटो फिचर)
उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको थियो ।
मोहना नदी घाटमा मनाइदैं छठ पर्व (फोटो फिचर)
कैलालीको त्रिनगर भन्सारस्थित मोहना नदी घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएर धूमधामसँग छठ पर्व मनाइँदै छ । आज दिनभर निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
काठमाडौँ कमलपोखरीमा छठ पूजा (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ।
ललितपुरमा छठ पूजा (फोटो फिचर)
छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।
तराईमा छठ पूजा (फोटो फिचर)
तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । धनुषा, बारा, सर्लाही र सप्तरीबाट प्राप्त छठ पूजाका तस्बिरः
पर्यटक लोभ्याउँदै टीकापुर पार्क (फोटो फिचर)
टीकापुर पार्कमा मङ्सिर २ गते शनिबार दश हजार ६०० जना पर्यटकले अवलोकन गरेका छन् । कर्णाली, लुम्विनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका पर्यटकले करिब १३ विघामा फैलिएका पार्कका गार्डेन, बाटिका, पिकनिक स्थल, पार्किङ भरिभराउ छन् ।
कला र संस्कृतिको संरक्षणका लागि भित्तेचित्र (फोटो फिचर)
कला, संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर ललितपुरको सिन्चाहिटी टोलमा भित्तेचित्रे गरिएको छ।
प्रधानमन्त्रीद्वारा कालापत्थरमा शान्तिदीप यात्राको शुभारम्भ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुम्बु क्षेत्रको कालापत्थरमा शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
थुम्सीको हनुमान मन्दिर (फोटो फिचर)
नवलपुर जिल्ला गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सी चक्रघाटमा अवस्थित निकै नै आकर्षक शिखर खजुराज शैलीको हनुमान मन्दिर। यो मन्दिर नारायणगढबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा करिब ८ किलो मिटरको दुरीमा राजमार्गको बायाँतर्फ रहेको छ।
पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव (फोटो फिचर)
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव आजदेखि सुरु भएको छ । विश्व शान्तिको कामनासहित आगामी मंङसिर –८ गते महोत्सव आयोजना गरिएको छ ।
मगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु (फोटो फिचर)
नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर सङ्घ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मङ्सिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
छठमय बन्यो मधेश (फोटो फिचर)
तराई-मधेश यतिबेला पवित्र पर्व छठमय बनेको छ। यहाँका प्रत्येक बस्ती छठका गीतले गुञ्जायमान बनेका छन्। व्रतालु र उनीहरूका परिवार छठ पूजाको अन्तिम तयारीमा जुटेका छन्।
राजधानीमा छठको तयारी धमाधम (फोटो फिचर)
हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।
मुक्तिनाथ मन्दिरमा दैनिक दुई हजार भक्तजन (फोटो फिचर)
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको भिडभाड बढेको छ । मन्दिर दर्शन र पूजाआजा गर्न दैनिक दुई हजार भक्तजनहरू आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ ।
रुप्से झरनामा रमाउँदै आन्तरिक पर्यटक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा आन्तरिक पर्यटकको भिड लागेको छ ।
रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन सुरु (फोटो फिचर)
आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुनेका लागि खुला गरिएको छ ।
उत्सवका साथ मनाइयो नेपाल संवत् ११४४ (फोटो फिचर)
नेपाल संवत् ११४४ को उपलक्ष्यमा मङ्गलबार वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित सांस्कृतिक र्यालीको आयोजना गरी मनाइएको छ ।
गाईको पूजा गरी मनाइयो गाई तिहार (फोटो फिचर)
नेपालीहरूको महान् चाड तिहारको तेस्रो दिन आज (सोमबार) गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् ।
प्रहरीको कुकुर पूजा (फोटो फिचर)
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज आइतबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
मालिका धुरी मन्दिरमा आन्तरिक पर्यटक (फोटो फिचर)
वरिपरि घना जङ्गल । नाकैअगाडि सेताम्मे हिमाल । दृष्टिले भ्याएसम्म देखिने पहाडका अग्ला चुचुरासहितका सुन्दर ग्रामीण वस्तीहरु छन् । बाटोमा फुलेका वनफुलहरु र पहाडको टुप्पोबाट देखिने सुर्योदयको मनोरम दृश्य, सुन्दर बस्ती, गुराँसे–जङ्गल र प्राकृतिक सौन्दर्यले सजिएको छ म्याग्दीको मालिका ।