शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ललितपुर, मङ्सिर ३ गते । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सुरु भएको हो । ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका हुन् ।
बागमती, नख्खु, कुपण्डोल , विष्णुमती तथा बोजेपोखरीलगायतका नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ ।

केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।