• २३ वैशाख २०८१, आइतबार

राजधानीमा छठको तयारी धमाधम (फोटो फिचर)

blog

ललितपुरको कुपण्डोलमा छठका लागि घाट निर्माण तथा पोखरी तयार गर्दै । तस्बिर : केशब गुरुङ

काठमाडौं, मङ्सिर १ गते । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।

अहिले काठमाडौँ उपत्यकासहित तराई–मधेशमा छठको रौनक सुरु भएको छ । राजधानीको गौरीघाट, कुपण्डोल, कमलपोखरी, बोजेपोखरी लगायत अन्य ठाउँमा छठ पर्वको तयारी धमाधम भइरहेको छ । उक्त स्थानमा सरसफाइ गर्ने, घाट निर्माण गर्ने, बत्ती हाल्ने, पोखरी बनाउने काम भइरहेको छ ।

उपत्यकाको कुपन्डोल, कालीमाटी र गौरीघाटमा छठमा चाहिने सामग्री पसल राखिएकाले सामान सजिलै पाउन सकिने छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।