• १५ असार २०८१, शनिबार

पर्यटक लोभ्याउँदै टीकापुर पार्क (फोटो फिचर)

blog

एकिन्द्र तिमिल्सेना 

टीकापुर, मंसिर २ गते । टीकापुर पार्कमा मङ्सिर २ गते शनिबार दश हजार ६०० जना पर्यटकले अवलोकन गरेका छन् । कर्णाली, लुम्विनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका पर्यटकले करिब १३ विघामा फैलिएका पार्कका गार्डेन, बाटिका, पिकनिक स्थल, पार्किङ भरिभराउ छन् ।

प्रतिपर्यटकको प्रवेश शुल्क २५ रुपियाँ र बसको २०० रुपियाँका दरले तीन लाख २५ हजार राजस्व उठेको टीकापुर नगरपालिका पार्क व्यवस्थापन शाखाका प्रमुख अर्जुन कुँवरले बताउनुभयो । कर्णाली किनारमा अवस्थित पार्कका २०२४ साल चैतमा तत्कालीन राजा महेन्द्र २७ दिन बस्नु भएका कारण टीकापुर पार्कलाई ऐतिहासिक र प्राकृतिक पार्कका रुपमा लिइन्छ । 

टीकापुर पार्कको आकर्षणका कारण यहाँ एउटै पर्यटक बारम्बर आउनेगरेका छन् । १३ विघा क्षेत्रफलमा फैलिएको पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान पर्यटकले रुचाएका छन् । पार्कमा रहेका ४५ प्रजातिका गुलाब, पार्कसँगैको कर्णाली नदी, नदीमा चल्ने ¥याफ्टिङ्ग, जेट स्कीले पनि पर्यटकलाई लोभ्याइ रहेको छ ।