जिपलाइनमा रमाउँदै
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले काठमाडौंको चोमार क्षेत्रमा जे.भी एडभान्चर प्रा.लि. द्वारा काठमाडौंको चोभार क्षेत्रमा तयार परिएको ‘चोभार गोर्ज क्यानोेपी जिपलाइनमा’ रमाउँदै सर्वसाधारण । उक्त क्षेत्रमा करिब तीन अर्बको लगानीमा स्काइ ब्रिज, बञ्जी, रक क्लाइम्बिङ र होटल सञ्चानलमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । २०२५ भित्रमा स्काइ ब्रज, बञ्जी र रक क्लाइम्बिङ भने सञ्चालनमा आइसक्ने कम्पनीले जनाएको छ ।
अझै टेकाकै भरमा सम्पदाहरू
२०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले भत्काएका धेरै भवन र सम्पदाको पुनर्निर्माण पूरा भएका छन् । आठ वर्ष बित्नै लाग्दा पनि केही भवन र महत्त्वपूर्ण सम्पदाको पुनर्निर्माण भने अझै हुन सकेको छैन ।
सुर्खेतको थारू बस्तीमा माघी पर्वको रौनक (फोटो फिचर)
विशेषगरी पहाडमा जनजाति समुदाय र तराईमा थारु समुदायको ठूलो पर्वका रुपमा मनाइने पर्व हो माघे संक्रान्ति । तराईका थारु समुदायले समुदायले माघीलाई नयाँ वर्षमा रुपमा मनाउने गर्दछन् ।
टुँडिखेलमा मनाइयो मकर सङ्क्रान्ति (फोटो फिचर)
काठमाडौँसहित देशभरका विभिन्न स्थानमा मकर सङ्क्रान्ति (माघी) पर्व मनाइएको छ ।
असन बजारमा चाकु (फोटो फिचर)
माघे सङ्क्रान्तिको पूर्व सन्ध्यामा असन बजारमा चाकु लगायत तिलौरा तिलको लड्डु घ्यू किन्नेको भीड बाक्लै देखियो । विशेषता घ्यू चाकु खाएर मनाइने भएकाले पनि विशेष दिनका लागि आवश्यक सामान किन्नेको भीड लागेको हो ।
कालिमाटीमा कन्दमूलको व्यापार (फोटो फिचर)
उल्लासमय माघे सङ्क्रान्ति तथा पर्व माघीको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको व्यापार बढेको छ। अन्य समयमा सामान्य रूपमा व्यापार हुने तरुलगायतका कन्दमूलको व्यापार अहिले बढेको छ।
टोखाको चाकु (फोटो फिचर)
माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटामा पदयात्रा (फोटो फिचर)
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म एकीकरण पद मार्गमा पदयात्रा गरिएको छ।
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो/भिडियो)
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीजयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको छ ।
नेपाली सेनाको पदयात्रा टोली हनुमान ढोकामा
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आज हनुमान ढोका आइपुगेको छ ।
तस्बिरमा खोकनावासीको दिनचर्या
काठमाडौंबाट करिब ५ किलोमिटर दूरीमा रहेको ललितपुर जिल्लाको खोकना गाउँको रहनसहन छुट्टै छ ।
टुँडिखेलमा साकेला नाच (फोटो फिचर)
प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्।
तिलाचौरको सिद्धनाथ मन्दिर (फोटो फिचर)
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा अवस्थित प्रख्यात सिद्धनाथ मन्दिर । प्राकृतिक सम्पदाले भरिपूर्ण यस मन्दिरको क्षेत्रफल निकै नै फराकिलो रहेको छ भने मन्दिर परिसरमा गणेश भगवानको मन्दिर लगायत अन्य विभिन्न देवताहरूको साना मन्दिर रहेको छ । जसले गर्दा यसलाई धार्मिक स्थल पनि मानिएको छ।
धनुषाको संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी
धनुषाको धनुषाधामस्थित संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी आउनेक्रम सुरु भएको छ । चराचुरुङ्गीका लागि सुरक्षित वासस्थान मानिएको संरक्षित वन क्षेत्रमा जाडो छल्न हिमाली क्षेत्रका चरा आउन थालेका हुन् ।
सुजनको अन्त्येष्टिको शोकमा दैलेख
शुक्रबार बालकुमारी घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दैलेखका सुजन राउतको अन्त्येष्टि गरिएको छ।
यसरी पल्टिन्छ खुदो (फोटो फिचर)
कसैलाई केही फलिफाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ ।
२०२३ लाई फर्केर हेर्दा (फोटो फिचर)
आजदेखि सन् २०२३ बिदा भएको छ । एक वर्षमा विश्वभर राजनीतिक परिवर्तनका साथै विभिन्न हिंसात्मक द्वन्द्व भए । जसका कारण धेरै मानवीय तथा भौतिक संरचनाको क्षति हुन पुग्यो ।
तमु ल्होसारको सुन्दरता (फोटो फिचर)
गुरुङ समुदायले आइतबार ‘तमु ल्होसार’ पर्व भनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।
टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)
गुरुङ समुदायले आज (आइतबार) ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
लेकसाइडको सडकमा महोत्सवको रौनक (फोटो फिचर)
अङ्ग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सव पोखराको पहिचान बन्दै गएको छ। २५ वर्षअघि सुरु भएको महोत्सव देशमा चलेको सशस्त्र विद्रोह होस् कि कोभिडको कहर, निरन्तर रह्यो।
तस्बिरमा २०औँ राष्ट्रिय ज्यापु दिवस
नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ २० औँ राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो।
तस्बिरमा ऐतिहासिक तपोभूमि गाम्फाधुरी
अग्लो पहाडको टुप्पो, तल वरिपरि घना जङ्गल छ । आँखैअघि लस्करै हिमाल छन् । सुन्दर ग्रामीण बस्तीका दृश्यहरू तल देखिन्छन् । यी अनुपम प्राकृतिक सुन्दरताभित्र रहेको गाम्फाधुरी १००८ स्वामी परमानन्द महाराजले तपस्या गर्नुभएको ऐतिहासिकस्थल हो ।
पर्यटकको पर्खाइमा गुप्तेश्वर गुफा (फोटो फिचर)
मकवानपुरको कैलाश गाउँपालिकामा रहेको गुप्तेश्वर गुफा ओझेलमा परेको छ । भौगोलिक विकटतासँगै प्रचार प्रसारको अभावमा प्राकृतिक गुफा ओझेलमा परेको हो ।
पढाइसँगै काम र दाम (फोटो फिचर)
कपिलवस्तुको वाणगंगा नगरपालिका-२ पिपराको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई च्याउ बेच्न भ्याई न भ्याई छ। एक साता अगाडिदेखि च्याउ उत्पादन सुरु भएको छ।