• १२ साउन २०८१, शनिबार

टुँडिखेलमा मनाइयो मकर सङ्क्रान्ति (फोटो फिचर)

blog

माघे सङ्क्रान्तिको दिन काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाउँदै मगर र थारु समुदाय । तस्बिर : सुजन गुरुङ

काठमाडौं, माघ १ गते । काठमाडौँसहित देशभरका विभिन्न स्थानमा मकर सङ्क्रान्ति (माघी) पर्व मनाइएको छ ।

आज (सोमबार) माघे सङ्क्रान्तिको दिन काठमाडौँको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् । सो अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍याली समेत गरिएको हो ।


मेलामा माघी पर्वमा पाक्ने परिकार र थारु पहिरनले झकिझकाउ बनाएको थियो । मेलामा  ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरू राखिएको छ । माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारु समुदायमा प्रस्तुत गर्ने गरिन्छ ।