• २४ जेठ २०८२, शनिबार

प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

blog

प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गर्नुहुँदै । तस्बिर : रासस

मोरङ, जेठ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गर्नुभएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको उद्घाटन गर्नुभएको हो ।

मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो । प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गर्नुभएको थियो । रासस