• १ चैत २०८२, आइतबार

तमु ल्होसारको सुन्दरता (फोटो फिचर)

blog

गुरुङहरुको नयाँ वर्ष मुप्री ल्हो(गरुड वर्ग) तमू ल्होसारको कार्यक्रममा सहभागी युवती । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस १५ गते । गुरुङ समुदायले आइतबार ‘तमु ल्होसार’ पर्व भनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।

पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिर घर भएर यहाँ बस्ने तमु (गुरुङ) समुदायका व्यक्तिआफ्नो भेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएका छन् । 

गुरुङ समुदायले हि ल्हो (बिरालो वर्ग) को बिदाइ गरी मुप्री ल्हो (गरुड वर्ग) को स्वागत गर्दै तमु ल्होसार २०८० मनाइएको हो । 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।