• १७ असार २०८१, सोमबार

टोखाको चाकु (फोटो फिचर)

blog

टोखामा चाकु बनाउदै । तस्बिर : सुजन गुरुङ्ग

काठमाडौं, पुस २७ गते। माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ। माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ। टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो।

टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्। उत्पादनपछि धेरै चाकु बजार पुगिसकेको छ।

चाकु चिसो लागेका बेला पनि खाने चलन छ। चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ। टोखाको चाकु नेपालमा मात्र होइन अन्य देशमासमेत निर्यात हुने गरेको छ। 


तस्बिर : सुजन गुरुङ्ग