सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेको भिड
काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भिड लागेको छ । चैत शुक्ल अष्टमी (मङ्गलबार) बाट सुरु भएको रथजात्राको रथ तानेर मङ्गलबारनै असन पुर्याइएको थियो ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु
मंगलबारबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । मंगलबार दिउँसो अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइएको हो ।
भकिम्ली र बेलढुङ्गामा पर्यटकको भीड (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका –३, भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका –३, ओखलेको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गामा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।
तस्बिरमा सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’
सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।
हिमालयको रहस्य कला प्रदर्शनी (फोटो फिचर)
हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको नस्सालमा “हिमालयको रहस्य–सिर्जनावृति”शीर्षकमा प्रदर्शनी सुरु भएको हो।
सिन्दुरजात्राले रङ्गियो ठिमी (फोटो फिचर)
बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो ।
चाररातेमा पाँचसय चौँरी ( फोटो फिचर)
भनिन्छ चौँरी र हिमाल एक अर्काका पर्याय हुन् । चौँरी विनाको हिमाल र हिमाल विनाको चौँरी कल्पना गर्न सकिँदैन । यी र यस्तै विषय मनन गर्दै पाँचथरको फालेलुङ गाउँपालिका स्थित चार रातेको सातौँ पटक चौँरी पर्यटन महोत्सव आयोजना गरिएको छ ।
हेटौडाको भुटनदेवी मन्दिर (फोटो फिचर)
हेटौडाको भुटनदेवी मन्दिर, हेटौडा मात्र होइन कि यी देवी नेपालमा नै निकै प्रख्यात देवी मध्ये एक हो । यो मन्दिर मकवानपुरको सदरमुकाम हेटौडा उप महानगरपालिका वडा नं १० को मध्य बजारमा अवस्थित रहेको छ।
काठमाडौँमा यसरी मनाइयो इद (फोटो फिचर)
काठमाडौँको घण्टाघर स्थित जामे मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो ।
असन जात्रा (फोटो फिचर)
उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्हेअन्तर्गतको असन जात्रा (न्हि जात्रा) मङ्गलबार सम्पन्न भयो । पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो ।
पाटनको एकल घोडेजात्रा (फोटो फिचर)
ललितपुरको पाटन दरबार क्षेत्रमा बाट घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारी सम्म पुगी घोडेजात्रा मनाइएको छ । छुट्टै विशेषता भएको जात्रालाई नेवारी भाषामा ‘याकः सल याः’ भनिन्छ ।
काठमाडौँ टुँडिखेलमा घोडेजात्रा उत्सव (फोटो फिचर)
चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँको टुँडिखेलमा सुरुभएको छ ।
कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड (फोटो फिचर)
हिमालपारिको जिल्ला मुस्ताङको कागबेनी धाममा श्रद्धालु भक्तजनको भीड लागेको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दसैँ अघिको सोमबार औँसी तिथि पारेर दिवङ्गत पितृ र आफन्तहरूको नाममा पिण्ड दान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीको भीड लागेको हो ।
तस्बिरमा १२ वर्षे सिकाली जात्रा
बिहीबार काठमाडौं नगर प्रवेश गरेको सिकाली जात्राको पहिलो चरण हनुमानढोकाको नासल चोकमा देवगणले देवनाच प्रस्तुत गरेसँगै सकिएको छ । ललितपुर खोकनाको इतिहास बोकेको १२ वर्षे सिकाली जात्राको क्रममा काठमाडौंमा आएको हो ।
राजविराजको राजदेवी मन्दिर (फोटो फिचर)
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मा अवस्थित मुख्य बजारको पूर्व तर्फ रहेको प्रख्यात राजदेवीको मन्दिर। यस मन्दिरको गर्भ गृहमा निकै नै कलात्मक शैलीका ४ वटा कालो प्रस्तरको शिला रहेको छ त्यही शिलालाई राजदेवी भनेर भक्तजनहरूले पुज्ने गर्दछन्।
सम्बन्ध कला प्रदर्शनी (फोटो फिचर)
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठामा ‘सम्बन्ध’ कला प्रदर्शनी २०८० सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा जरा फाउन्डेसन नेपालको सहकार्यमा प्रदर्शनी बिहीबारबाट सुरु भएको छ ।
चैते धान रोपाइँमा व्यस्त कृषक (फोटो फिचर)
वर्षे धानको तुलनामा उपादन क्षमता बढी हुने भएकाले कृषकले चैते धान खेतीलाई निरन्तरता दिँदै आएका छन् ।
तस्बिरमा खड्ग सिद्धि जात्रा
१२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच क्षेत्रपाटीमा नचाइएको छ । नेपाल भाषामा गथु प्याखँ भनिने श्री पचली भैरब १२ वर्ष खड्ग सिद्धि जात्रा दुई दिनसम्म नचाइन्छ ।
नेशनल हर्टिकल्चर एक्स्पो सुरू (फोटो फिचर)
काठमाडौं चैत्र १६ गते। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुक्रबारदेखि नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ। ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि एक्स्पो सुरू भएको छ।नर्सरी व्यवसायी सङ्घ, नेपालले आयोजना गरेको एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटविरूवाहरू प्रदर्शनी तथा विक्री वितरणमा राखिनुका साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण राखिएको छ ।एक्स्पोमा ७४ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल , ५ वटा प्रतिस्पर्धी स्टलसहित जम्मा ८८ वटा स्टल छन्। नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णका लागि एक्स्पो बृहत् साझा मञ्च हुने आयोजकले बताएको छ । एक्स्पो कम्तीमा ५० हजारले अवलोकन गर्नुका साथै करिब १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने सङ्घले अपेक्षा गरेको छ । एक्स्पो अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रू.१०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति रू. ५० लाग्नेछ । आजबाट सुरु भएको एक्स्पो १९ गतेसम्म चल्नेछ ।
तस्बिरमा एसइई
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर परीक्षा सञ्चालन भएको छ ।
प्रादेशिक ललितकला प्रदर्शनी (फोटो फिचर)
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०, सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ नारासाथ प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा पहिलो पटक प्रदर्शनी आयोजना गरेको हो।
सकियो रङ्गविहीन रङ्गिलो 'होरी' (फाेटाे फिचर)
सेतो कुर्ता, जामा, पगरी र टोपी लाएर गोलो घेराको समूहमा ‘डेउणा’ गाउँदै हरेक बेलुकीपख खेलिने ‘होरी’ सकिएको छ ।
छथर जोरपाटीको ध्वजे डाँडा (फोटो फिचर)
धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोड भन्दा बढी खर्च भइसकेको छ ।
तस्बिरमा वसन्तपुरको होलीको रौनक
काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइएको छ । काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ ।