• १८ वैशाख २०८१, मङ्गलबार

तस्बिरमा खड्ग सिद्धि जात्रा

blog

क्षेत्रपाटी चोकमा खड्ग सिद्धि जात्रा । तस्बिर मनोज रत्न शाही

काठमाडौं, चैत १७ गते । १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच क्षेत्रपाटीमा नचाइएको छ । नेपाल भाषामा गथु प्याखँ भनिने श्री पचली भैरब १२ वर्ष खड्ग सिद्धि जात्रा दुई दिनसम्म नचाइन्छ । 

नाचमा गणेश, वाराही, इन्द्रायणी, ब्रह्मायणी, नारायण, भैरव, सिँगिणी, व्याधिणी, श्वेत भैरवसहित १३ देवगण संलग्न नाच परम्परागत बाजाका तालमा नाचिन्छ । 

क्षेत्रपाटी चोकमा शुक्रबार र शनिबार नचाइएको हो । देवगणलाई लसकुस गरेर देवघरदेखि भक्तालुहरुको लावास्कर र बाजा गाजा साथ  र्‍याली निकालिएको थियो । 

यो नाच हरेक वर्ष बडादसैँको टीकाको दिन टेकुस्थित पचली भैरव मन्दिरबाट सुरु भएर काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा देखाउने चलन छ।  

धार्मिक रूपमा समेत महत्वपूर्ण मानिएको यो नाच हेर्नाले सुख र शान्ति पाउने जनविश्वास रहेको छ  । प्रत्येक १२ वर्षमा दसैंको टीकाको दिनदेखि एक वर्षसम्म पचली भैरव गण नाच प्रदर्शन हुन्छ । एक वर्षसम्म चल्ने यो खड्ग सिद्धि जात्रा २०८१ सालको भलभल अष्टमीका दिनमा समापन हुनेछ । जात्राको अन्तिम दिनमा देवगणले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने परम्परा छ ।  



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।