• १९ वैशाख २०८१, बुधबार

सम्बन्ध कला प्रदर्शनी (फोटो फिचर)

blog

कला प्रदर्शनीको अवलोकन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई लगायत । तस्बिर: केशब गुरुङ

काठमाडौं, चैत्र २२ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठामा  ‘सम्बन्ध’ कला प्रदर्शनी २०८० सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा जरा फाउन्डेसन नेपालको सहकार्यमा प्रदर्शनी बिहीबारबाट सुरु भएको छ । 

भारतको (दार्जिलिङ, सिक्किम, कालिङपोङ) र नेपालका कलाकारको सम्बन्ध थप प्रगाढ बनाउन सम्बन्ध कला प्रदर्शनी आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । सम्बन्ध कला प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुभएको थियो।

प्रदर्शनीले नेपाल–भारतको सम्बन्ध अझ बढाउनका साथै आपसी भाइचाराको नयाँ सम्बन्ध बढाउने मात्र नभएर दुवै देशको  अन्तर्राष्ट्रियस्तरमा हितेरी मितेरी अझ बढाउनका साथै एकअर्काका अनुभवी सिर्जना सिपको विकास कला, विकास, कला प्रवर्द्धन तथा कूटनीतिक सम्बन्धसँगै अन्तर्राष्ट्रिय सांस्कृतिक सौहार्दता र सामाजिक सद्भाव बढाउने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले विश्वास व्यक्त गर्नुभयो।

कला प्रदर्शनीमा भारतका १४ जना कलाकार सहित ३५ भन्दा बढी कलाकारका कला राखिएका छन् । आजबाट सुरु भएको प्रदर्शनी चैत्र २४ गतेसम्म चल्नेछ । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।