• १८ वैशाख २०८१, मङ्गलबार

तस्बिरमा १२ वर्षे सिकाली जात्रा

blog

हनुमानढोकाको नासल चोकमा १२ वर्षे सिकाली जात्रा । तस्बिर : मनोज रत्न शाही

काठमाडौं, चैत २४ गते । बिहीबार काठमाडौं नगर प्रवेश गरेको सिकाली जात्राको पहिलो चरण हनुमानढोकाको नासल चोकमा देवगणले देवनाच प्रस्तुत गरेसँगै सकिएको छ । ललितपुर खोकनाको इतिहास बोकेको १२ वर्षे सिकाली जात्राको क्रममा काठमाडौंमा आएको हो ।

सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा सहभागी हुने परम्परा छ ।

चैत २२ र २३ गते नासल चोकमा देवी नाच सम्पन्न भइसकेको छ । चैत २९ र ३० गते तलेजु मन्दिर अगाडिको त्रिशूल चोकमा सिकाली अजिमा देवगणको नाच प्रस्तुत हुनेछ । २०८१ वैशाख ९ र १० गते हनुमानढोका बाहिर रहेको कालभैरव पछाडिको डबलीमा नाच प्रदर्शन पश्चात सिकाली जात्रका देवगण खोकना नै फर्काउने चलन छ ।





Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।