• १८ वैशाख २०८१, मङ्गलबार

हिमालयको रहस्य कला प्रदर्शनी (फोटो फिचर)

blog

हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनी अवलोकन गर्दै कला प्रेमी । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २ गते । हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौँको नक्सालमा “हिमालयको रहस्य–सिर्जनावृति”शीर्षकमा प्रदर्शनी सुरु भएको हो।

यस प्रदर्शनीमा अनिता भट्टराई, वि.आर.श्रेष्ठ,नरबहादुर वि.के.लीलाधर के.सी,निमबहादुर तामाङलगायतका ६९ जना कलाकारका ७० भन्दा बढी हिमाल, जनजीवन, जलवायु परिवर्तनको प्रभावबारे सन्देश दिने चित्रकला राखिएका छन् । यस प्रदर्शनी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।