• १९ वैशाख २०८१, बुधबार

सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेको भिड

blog

काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भिड । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख ५ गते । काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भिड लागेको छ । चैत शुक्ल अष्टमी (मङ्गलबार) बाट सुरु भएको रथजात्राको रथ तानेर मङ्गलबारनै असन पुर्‍याइएको थियो ।

तीनधारा पाठशालाबाट सुरु भएको रथ जात्रालाई मङ्गलबार जमलबाट तानेर असन पुर्‍याइएको थियो । बुधबार रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमान ढोका पुर्‍याइनेछ ।

चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ ।

सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रूपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको थियो ।