• १९ वैशाख २०८१, बुधबार

नेशनल हर्टिकल्चर एक्स्पो सुरू (फोटो फिचर)

blog

एक्स्पोमा विरुवा किन्दै सर्वसाधारण । तस्बिर: केशब गुरुङ

काठमाडौं चैत्र १६ गते। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा  शुक्रबारदेखि नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ। ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि  एक्स्पो सुरू भएको छ।

नर्सरी व्यवसायी सङ्घ, नेपालले आयोजना गरेको एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटविरूवाहरू प्रदर्शनी तथा विक्री वितरणमा राखिनुका साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण राखिएको छ ।

एक्स्पोमा ७४ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल , ५ वटा प्रतिस्पर्धी स्टलसहित जम्मा ८८ वटा स्टल छन्। नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णका लागि एक्स्पो बृहत् साझा मञ्च हुने आयोजकले बताएको छ । 

एक्स्पो कम्तीमा ५० हजारले अवलोकन गर्नुका साथै करिब १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने सङ्घले अपेक्षा गरेको छ । एक्स्पो अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रू.१०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति रू. ५० लाग्नेछ ।  आजबाट सुरु भएको एक्स्पो १९ गतेसम्म चल्नेछ ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।