नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति (फोटो फिचर)
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।
मच्छिन्द्रनाथको रथ जात्रा सुरु (फोटो फिचर)
शनिबारदेखि रातो मच्छिन्द्रनाथ यात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई गत बिहीबार रथारोहण गरिएको हो।
दोस्रो बागमती प्रदेश युवा सम्मेलन सुरु (फोटो फिचर)
दोस्रो बागमती प्रदेश युवा सम्मेलन-२०८१ सुरु भएको छ ।
तस्बिरमा मच्छिन्द्रनाथको रथारोहण
मच्छिन्द्रनाथको महास्नानसँगै जात्राको तयारी थालिएको हो। जात्राका लागि नै पुल्चोकमा ३२ हात अग्लो रथ निर्माण गरिने गरिन्छ भने मच्छिन्द्रनाथको तःबहा अवस्थित मन्दिरको प्राङ्गणमा मच्छिन्द्रनाथको मूर्तिको रगंरोगन गर्ने गरिन्छ।
मातातीर्थ औँसीमा दर्शनार्थीको भीड (फोटो फिचर)
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्म दिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।
गोरखापत्र प्रकाशनको १२४ वर्ष : तस्बिरमा वार्षिकोत्सव
गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम सम्पन्न भएको हो ।
तस्बिरमा लोमान्थाङमा तिजी पर्वको उल्लास
उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्व सुरु भएको छ । लोमान्थाङवासीहरुले तिजी पर्वको अवसरमा यहाँको मौलिक कला संस्कृति प्रदर्शन गरेका छन् । तिजी पर्वका कारण लोमान्थाङमा रौनक छाएको छ ।
गोरखापत्र संस्थानका २८ जनाले गरे रक्तदान
गोरखापत्र प्रकाशनको १२४ औं वर्षप्रवेश तथा गोरखापत्र संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गर्नुभएको छ ।
तरकारीको बेर्ना खरिद-बिक्रीको चटारो (फोटो फिचर)
मुस्ताङका कृषकले आफ्नो तरकारी रोप्ने क्षेत्रमा खनजोत गरेर ठिक्क पारेपछि तरकारीको बेर्ना खरिद गर्न थालेका छन्।
व्यवस्थित भन्दै गरिने अव्यवस्थित काम (फोटो फिचर)
काठमाडौँ उपत्यका अव्यवस्थित रूपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ । व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ ।
रातो मच्छिन्द्रनाथ जात्राको तयारी (फोटो फिचर)
उपत्यकामा सबैभन्दा लामो समय चल्ने करुणामय बुगंद्यः (रातो मच्छिन्द्रनाथ) को जात्राको तयारी तीव्र रूपमा भइरहेको छ ।
कपिलवस्तुको बर्दहवा कोट (फोटो फिचर)
कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब २ किलोमिटरको दूरी अर्थात् दक्षिण तर्फ रहेको ऐतिहासिक एवं प्राचीन स्थल बर्दहवा कोट । ठुलो पिपलको बोट मुनि पुरातत्त्व विभागको साइनबोर्ड समेत रहेको स्थलमा प्राचीन एवं ऐतिहासिक भग्नावशेषहरू, प्राचीन पत्थर, इँटा, शिला आदी रहेका छन्। यही स्थलको नजिक वडा नम्बर २ को वडा कार्यालय समेत रहेको छ। स्थानीयवासीहरु यही स्थलमा पूजा समेत गर्ने गर्दछन्।
आकाशे पानी माग्दै वरुण देवताको पूजा (फोटो फिचर)
म्याग्दीका अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा खेती गरिन्छ । अहिले आकाशे पानी नपर्दा बारीमा लगाएको हिउँदे बाली सुक्न थालेपछि कृषक चिन्तित छन्, भने वन जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । लामो समयसम्म पानी नपरेपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम पँधेरा चौरमा आकाशे पानी माग्दै वरुण देवताको पूजा गरिएको छ ।
काठमाडौंमा ढकमक्क ज्याकराण्डा (फोटो फिचर)
काठमाडौँमा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकराण्डा फूल फुलेर रङ्गिएको हो ।
टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)
काठमाडौँको टुँडिखेलमा आजबाट सीप मेला सुरु भएको छ। 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले सीप मेला बुधबारदेखि सुरु गरेको हो।
सिन्धुलीको कमलामाई मन्दिर (फोटो फिचर)
सिन्धुलीको प्रख्यात मन्दिर मध्ये कमलामाई मन्दिर पनि एक हो। यो कमलामाई मन्दिर सिन्धुलीमाढीबाट करिब १२ किमी टाढा रहेको छ ।
गुराँसले लालिमा चढेको महाबु लेक (फोटो फिचर)
दैलेखको शिर मानिने महावु लेकमा यतिबेला लाली चढेको छ । लाली अर्थात् थरिथरिका ढकमक्क फुलेको लालिगुराँसले लेक नै मनमोहक बनेको छ । प्रकृतिको लालित्य चढेपछि सडक किनारदेखि अक्करे भिरमा पनि ढकमक्क गुराँस फुलेपछि वातावरण रमणीय निक्कै मनमोहक बनेको छ ।
२०७२ को विनाशकारी भूकम्पको सम्झनामा फोटो प्रदर्शनी
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष भएको छ । यसै सन्दर्भमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
तस्विरमा बालाजु बाइसधारा मेला
स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा [ल्हुति पुन्हि] मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।
मनाइयो तेमाल जात्रा (फोटो फिचर)
रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा सोमबार मनाइएको छ ।
सहरका सडकपेटी सकिँदै (फोटो फिचर)
काठमाडौँ महानगर लगायतका देशका ठुला सहरमा पैदल यात्रीका लागि निर्माण गरिएको सडक पेटी आजभोलि मासिँदै गएको छ । सडक पेटीलाई राज्यले व्यवस्थित गर्न नसक्दा पैदलयात्रीहरुले जहिल्यै सास्ती खेप्न बाध्य भएका छन् ।
सकियो सेतो मच्छिन्द्रनाथको जात्रा (फोटो फिचर)
गत मंगलबारबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको जात्रा सकिएको छ । शुक्रबार आमा रुखको परिक्रमा पश्चात आज शनिबार पूजा विधि गरी रथबाट निकाली खटमा राखी पुन: मच्छिन्द्रबहाल अवस्थित मन्दिरमा पुन: प्रतिस्थापनका लागि लगिएको छ ।
राजविराज छिन्नमस्ता भगवती मन्दिर (फोटो फिचर)
राजविराज एवं नेपालकै प्रख्यात छिन्नमस्ता मन्दिर। यो प्राचीन एवं भव्य मन्दिर सदरमुकाम राजविराज बजारबाट करिब १० किमि दक्षिणतर्फ सखडा भन्ने ठाउँमा पर्दछ। नेपाली शैलीमा निर्मित यस मन्दिर भित्र दायाँदेखि बायाँसम्म लहरै शिर छोपिएका ५ वटा मूर्ति रहेका छन्। ती मूर्तिहरूलाई भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र मर्हिषमर्दिनी भन्दछन्। छिन्नमस्ता भगवतीको शिर काटिएकोले यस भगवतीलाई छिन्नमस्ता भनिएको हो।
बंगाली समुदायको मसान नृत्य
सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारको सहायक बाटोभरी दर्जन बढी व्यक्तिहरू ढलेको देखियो । झट्ट हेर्दा कुनै दुर्घटनामा परेर मृत्यु भएका वा गम्भीर घाइते भएको दृश्य अनि एउटा समूहमा काठको घरेलु हातहतियार बोकेर कुदिरहेको दृश्य देखियो ।