• २१ वैशाख २०८१, शुक्रबार

तस्विरमा बालाजु बाइसधारा मेला

blog

बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो । तस्बिरः केशव गुरुङ

काठमाडौँ, वैशाख ११ गते । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा [ल्हुति पुन्हि] मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । 

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा [ल्हुति पुन्हि] मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बताउनुभयो । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । 

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले  २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ । 



बालाजु बाइसधारा मेला सुरु (फोटो फिचर) बालाजु बाइसधारा मेला सुरु (फोटो फिचर) बालाजु बाइसधारा मेला सुरु (फोटो फिचर) बालाजु बाइसधारा मेला सुरु (फोटो फिचर) बालाजु बाइसधारा मेला सुरु (फोटो फिचर)
Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।