• ८ जेठ २०८१, मङ्गलबार

दोस्रो बागमती प्रदेश युवा सम्मेलन सुरु (फोटो फिचर)

blog

दाेस्राे बागमती प्रदेश युवा सम्मेलन-२०८१ कार्यक्रम ।

केशब गुरुङ

हेटौँडा, वैशाख २८ गते । दोस्रो बागमती प्रदेश युवा सम्मेलन-२०८१ सुरु भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा मकवानपुरको हेटौँडामा शुक्रबार युवा सम्मेलन सुरु भएको हो । 

सम्मेलनको बागमती प्रदेशको मुख्य मन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएको हो । सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन, बामतीमा युवा सशक्तीकरण नाराका साथ सम्मेलन सुरु गरिएको हो । 

हेटाैँडाकाे बुद्धचाेकबाट सुरु गरिएकाे र्‍यालिमा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री करमारी मोत्तान, बागमती युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, कलाकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

यस्तै, सम्मेलमनमा ९१ पालिकाबाट २०० जना युवाको सहभागिता रहेकाे छ । आजबाट सुरु भएको सम्मेलन आइतबारसम्म चल्नेछ । 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।