• २२ वैशाख २०८१, शनिबार

सकियो सेतो मच्छिन्द्रनाथको जात्रा (फोटो फिचर)

blog

रथबाट सेतो मच्छिन्द्रनाथको मूर्ति निकालिदै । तस्बिरः मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ८ गते । गत मंगलबारबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको जात्रा सकिएको छ । शुक्रबार आमा रुखको परिक्रमा पश्चात आज शनिबार पूजा विधि गरी रथबाट निकाली खटमा राखी पुन: मच्छिन्द्रबहाल अवस्थित मन्दिरमा पुन: प्रतिस्थापनका लागि लगिएको  । 

तीन दिनको रथयात्रा र आमा रुखको परिक्रमा पश्चात आर्यावलोकितेश्वरको मूर्तिलाई शिखर शैलीको रथबाट निकाली खटमा राखी बाजा भक्तजनको लावास्करसाथ  लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल ल्याइ पुन: मन्दिरमा प्रतिस्थापनका लागि लगिएको हो । 

राजा शिवसिंह मल्लले ने.स. ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलिआएको छ ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।