• ५ जेठ २०८१, शनिबार

व्यवस्थित भन्दै गरिने अव्यवस्थित काम (फोटो फिचर)

blog

तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २२ गते । काठमाडौँ उपत्यका अव्यवस्थित रूपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ । व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ ।

पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङलेसम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई आएको छ । डोजरले खनेको र इट्टाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री गरिन्छ । न्यूनतम पूर्वाधार समेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ ।

राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडी जग्गा प्लटिङ गरिएको त कतै जङ्गल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ । तर मापदण्ड नपुगीकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।