• १८ वैशाख २०८१, मङ्गलबार

असन जात्रा (फोटो फिचर)

blog

असन जात्रा (न्हि जात्रा) मा देखिएका तीन अजिमा । तस्बिरः मनोज रत्न शाही

काठमाडौँ, चैत २७ गते । उपत्यकाको महत्त्वपूर्ण चाडमध्येको पाहाँ चर्‍हेअन्तर्गतको असन जात्रा (न्हि जात्रा) मङ्गलबार सम्पन्न भयो । पाहाँ चर्‍हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो ।

असन चोकमा पहिला पहेँलो टोपीले सजिएको एक समूह काँधमा लुँमधी भद्रकाली बोकेर बाजागाजासहित असन पुग्छन् । असन बजारमा लुँमधी आएपछि जात्राको माहौल बन्न थाल्यो । केही समयपछि निलो टोपी लगाएको समूह बाजागाजाका साथमा त्यही आइपुग्छ ।

उनीहरूले वचुँ अजिमा भद्रकालीलाई लिएर आएका हुन्छन् । वचुँ अजिमा र लुँमधी अजिमा भद्रकाली देवी सवार खट असन बजार पुगेपछि कंकेश्वरीको प्रतीक्षा सुरु हुन्छ ।

वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रूपमा पाहाँ चर्‍हेको न्हि जात्रा मनाउने गरिन्छ । असनमा प्रतीक्षारत दुई देवीको खटलाई कंकेश्वरीको खटले तीन पटक परिक्रमा गरेपछि आगोको ज्वाला (ती प्वा) आदान प्रदान हुन्छ ।

त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ । यो जात्रालाई स्थानीयले ‘द्यःल्वाकेगु’ जात्रा भन्छन् । 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।