• १८ वैशाख २०८१, मङ्गलबार

पाटनको एकल घोडेजात्रा (फोटो फिचर)

blog

पाटनको एकल घोडेजात्रामा सवार अष्टमान महर्जन । तस्बिरः मनोज रत्न शाही

ललितपुर, चैत २६ गते । ललितपुरको पाटन दरबार क्षेत्रमा बाट घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारी सम्म पुगी घोडेजात्रा मनाइएको छ । छुट्टै विशेषता भएको जात्रालाई नेवारी भाषामा ‘याकः सल याः’ भनिन्छ । 

सर्वसाधारणको उपस्थितिमा अष्टमान महर्जन ‘सानु’ले पाटनको मूल चोकमा ‘माछापुच्छ्रे’ घोडा चढेर जात्राको सुरुवात गर्नुभयो। मल्लकालदेखि सुरु भएको यो जात्रामा स्थानीयको बाक्लो उपस्थिति थियो । मल्ल राजाको प्रतीकसहित सर्वसाधारणले माछापुच्छ्रे घोडालाई पछ्याउँदा चोकचोकमा घोडेजात्राको रौनकता थपिएको थियो ।

स्थानीयका अनुसार मल्लकालीन राजाले शक्ति प्रदर्शनका लागि घोडा प्रदर्शन गरेको र अहिले त्यसलाई नै निरन्तरता दिई आइरहेको छ । मल्लकालदेखि नै पाटन दरबार क्षेत्र नजिक बसेका सर्वसाधारणलाई घोडाको तबेला हेरचाहको जिम्मेवारी दिइएको थियो । त्यही समयमा सुरु भएको जात्रालाई आजसम्म निरन्तरता दिइएको हो भन्ने स्थानीयहरूको भनाइ रहेको छ ।

पाटन मङ्गल बजारको मूल चोकबाट यो जात्रा सुरु भएको जात्रा पाटनका भित्री गल्लीको परिक्रमा गरेर बालकुमारी मन्दिर पुगेर टुङ्गिएको हो । जात्रामा दौडाइएको घोडा बालकुमारी मन्दिरदेखि भोल गणेशसम्म तीन पटक ओहोरदोहोर गरेपछि जात्रा सम्पन्न हुने गरेको छ । यो जात्राको आयोजना ‘भीमसेन गुठी च्योः खलः’ ले गरेको हो ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।