• ७ वैशाख २०८२, आइतबार

छठमय बन्यो मधेश (फोटो फिचर)

blog

छठको लागि सजाइएको पोखरी । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर १ गते। तराई-मधेश यतिबेला पवित्र पर्व छठमय बनेको छ। यहाँका प्रत्येक बस्ती छठका गीतले गुञ्जायमान बनेका छन्। व्रतालु र उनीहरूका परिवार छठ पूजाको अन्तिम तयारीमा जुटेका छन्।

बजारमा छठका लागि प्रयोग हुने बाँसबाट बनेका विभिन्न सामग्री, माटाका भाँडासहित केरा, पानी भएको नरिवल, पान, भान्टा, मुला, अदुवा, उखुलगायत हरियो तरकारी र फलफूलको व्यापार बढेको छ। 

पोखरी, खोला तथा नहर किनार तथा कृत्रिम जलाशयमा छठ पूजास्थल तयार पार्ने काम धमाधम चलिरहेको छ। यो वर्षको छठ पर्व शुक्रबारबाट विधिवत् रूपमा सुरु भइसकेको छ। पर्वको मुख्य दिन आगामी आइतबार अस्ताउँदो सूर्यमा अर्घ्य चढाउने तयारी छ।